Skip This
सिरोहियालाई थप तीन दिन थुनामै राख्ने आदेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार १९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिरोहियालाई थप तीन दिन थुनामै राख्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १९:५o:oo

नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुन: थप तीन दिन थुनामा राख्न आदेश गरेको छ।

धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो। सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुना राखी मुद्दा अनुसन्धान गर्ने समय मागेको थियो। 

गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराएको थियोे। 

बुधबार र शुक्रबार गरी दुईपटक भएको पेसीमा ३/३ दिनको म्याद थप गरेर थुनामा राख्न अनुमति दिएको थियोे। गत शुक्रबार म्यादपश्चात् सिरोहियाको मुटुको चालमा गडबडी र उच्च रक्तचाप देखिएपछि जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियोे।
 

ad
ad
ad
ad