Skip This
मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
रासस जनकपुर
२o८१ जेठ १४ सोमबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

Read Time : < 1 मिनेट
रासस, जनकपुर
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १८:५८:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिएका छन्।

‘मैले अहिलेसम्म इमानदारी र निष्पक्ष रूपमा काम गर्दै आएको छु। जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते विश्वासको मत लिने प्रस्ताव रहेको छ,’ जनकपुरमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने।

मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिए। यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताए।

‘ससर्त सबै पालिका प्रमुखले सोधिरहनुभएको छ। प्रदेश सरकारको काम, कर्तव्यअनुसार हामीले काम गरिरहेका छौँ,’ उनले भने।

ad
ad
ad
ad