मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा अन्तरसंघर्ष चर्कंदै, शेखर–गगन समूहले बोलायो भ्रातृसंस्थाको भेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार २०:४३:००

कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन संस्थापन इतरपक्षले भोलि भ्रातृसंस्थाको भेला बोलाएको छ । भ्रातृसंस्थाको मनोनयनमा बेवास्ता गरेपछि नेतृत्वलाई दबाब दिन भोलि दिउँसो १ बजे बालुवाटारमा भेला बोलाइएको इतरसमूहका नेता जगदीश्वरनरसिंह केसीले बताए । 


नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरेको यो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति महासंघको छुट्टै भेला बोलाएको हो । भेलामा संस्थापन इतर नेताहरू सहभागी हुने भेलाको संयोजन गरेका केसीले नयाँ पत्रिकालाई जानकारी दिए । 
सभापति देउवाले यी संस्थामा मनोनयन गर्दा आफूपक्षीयलाई मात्र समेटेको इतरसमूहको आरोप छ । भोलिको भेलाबाट समानान्तर राष्ट्रिय भेला बोलाउने निर्णय गर्ने सो समूहको तयारी छ ।