सुर्खेत प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिकानिवासी बालिकाका बुबालाई प्रहरीले पक्राउ गरेको हो ।
यही साउन २६ गते घटना भएको भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरूले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । पक्राउ पर्ने बाबुको परिचय भने खुलाइएको छैन ।
पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । ‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’
उनीविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।
१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…