१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Wednesday, 02 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो सम्पत्ति राज्यलाई दिइसकेँ, मसँग उपचार गर्ने पैसा छैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १३:o२:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफूसँग उपचारका लागि पैसा नभएको बताएका छन्। आफू र श्रीमतीको नामको सम्पत्ति राज्यलाई दान दिइसकेको भन्दै उनले उपचारका लागि आफूसँग पैसा नभएको बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदका रूपमा आउने रकमबाट उपचार खर्च गर्न नपुग्ने उल्लेख गरे। आफू जीवित रहेसम्म जनताका लागि रहने र युवाहरूभन्दा आफू कम सक्रिय नभएको उनको भनाइ छ।

‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भन्ने मात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु। किनभने म देशका लागि समर्पित छु। त्यसकारण मेरो घर म बाँचुन्जेल, मेरो श्रीमती बाँचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने हो, नत्र मसँग पैसा छैन। सांसद छु सांसदको हिसाबले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ,’ ओलीले भने।