मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Friday, 28 August, 2026
२o७९ श्रावण २९ आइतबार १२:२५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली सरकारको पर्यटनमन्त्री नियुक्त शाहीद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १२:२५:oo

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। माओवादी कोटाबाट मन्त्री बनेका शाहीले प्रदेश प्रमुखको कार्यलयमा पुगेर आइतबार शपथ लिएका हुन्।

पूर्वपर्यटनमन्त्री गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीले डोल्पाको प्रदेश निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित शाहीलाई नियुक्त गरेका हुन्।

गत बिहीबार नै शाही मन्त्रीमा नियुक्त भए पनि समावेशी मन्त्रिपरिषद् नभएको भन्दै उच्च अदालत सुर्खेतले शपथ रोक्न प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेपछि शपथ रोकिएको थियो। उक्त आदेशको बेवास्ता गर्दै मन्त्री शाहीलाई शपथ खुवाइएको हो।

सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ मा तोकिसकेकाले शाहीले करिब चार महिना मात्र मन्त्रालय सम्हाल्नेछन्।