मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २८ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका रुकुम पूर्व
२o७९ श्रावण २८ शनिबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरू चढेको जिप दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पूर्व
नयाँ पत्रिका
२o७९ श्रावण २८ शनिबार १२:३४:oo

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जिप दुर्घटना हुँदा भएको छ। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चारजना घाइते भएका छन् ।

लु १ झ ६६० नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताएका छन् । 

प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जिपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए ।

गम्भीर घाइते भएका प्रहरी जवान बुढालाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकाेप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकाेप्टर अहिले उद्धारका लागि घटनास्थलतर्फ जाँदै छ ।