१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना अपडेट : ७८१ संक्रमित थपिए, दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १५:४७:००

पछिल्लो २४ घन्टामा थप सात सय ८१ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार सात सय १२ जनाको परीक्षण गर्दा सात सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार दुई सय १९ जनाको पिसिआर परीक्षण गर्दा चार सय १९ जना र दुई हजार चार सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय ६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ७५ पुगेको छ । पछिल्लो २४ घन्टामा पाँच सय ११ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये पाँच हजार पाँच सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने दुई सय १० जना संस्थागत आइसोलेसन र ६३ जना आइसियूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार दुई सय २६ पुगेको छ ।