मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २७ शुक्रबार o६:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकले होटेल ग्रान्ड साम्बालामा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार o६:४६:oo

प्रभु बैंक लिमिटेडका ग्राहकले मुक्तिनाथमा रहेको होटेल ग्रान्ड साम्बालामा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा छुट दिने सम्बन्धमा बैंक र होटेलबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटेल ग्रान्ड साम्बालाका प्रबन्ध निर्देशक नाम्ग्य वांग्दी गुरुङले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले मुक्तिनाथको होटेल ग्रान्ड साम्बालामा खाना, पेय पदार्थ तथा कोठामा १० प्रतिशत छुट प्राप्त हुने जनाइएको छ । 

छुट प्राप्त गर्नका लागि ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।