मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २७ शुक्रबार o६:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोकिएन सेयर बजारको उत्तारचढाव : दुई हजारको मनोवैज्ञानिक बिन्दुमै नेप्से सूचक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार o६:४३:oo

नेप्से परिसूचक बिहीबार १८ दशमलव ९६ अंकले घटेर दुई हजार ३७ दशमलव ९२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स चार दशमलव ८ प्रतिशतले घटेर तीन सय ९१ दशमलव ६७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक दुई हजारको मनोवैज्ञानिक तहबाट उक्लिन सकेको छैन । दुई हजार बिन्दुबाट माथि उक्लिने प्रयास गरे पनि पुनः दुई हजारको सूचकमै स्थिर रहँदै आएको छ । अघिल्लो हप्ता दुई हजार एक सय अंकको परीक्षण गरे तापनि स्थिर रहन नसक्दा पुनः ओरालो लागेको थियो ।अघिल्लो हप्ता लगानीकर्ता नाफा सुरक्षित गरेर बाहिरिँदा बजार दबाबमा रहेको थियो भने यतिवेला बजारमा आइरहेको उत्तारचढावले लगानीकर्ता लगानी बढाउन तयार हुन सकेका छैनन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको करिब ६३ लाख कित्ता सेयर खरिद–बिक्र हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो हप्तादेखि कारोबार रकम पनि घट्दै आएको छ ।

चार अर्बभन्दा बढी कारोबार रकम पुगिसकेकोमा फेरि दुई अर्बभन्दा तल आइपुगेको छ । शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण घटेको छैन । शिवम् सिमेन्टको सात करोड २७ लाख रुपैयाँको सर्वाधिक कारोबार गरेको छ भने हिमालयन डिस्टिलरी, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नबिल बैंकको चार करोड रुपैयाँदेखि ६ करोड १२ लाख रुपैयाँसम्म कारोबार भएको छ ।

घटेको बजारमा हिमालयन हाइड्रोपावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइसी एसिया सेलेक्ट फन्ड, दोर्दी खोला जलविद्युत् कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन प्रतिशतदेखि ४ दशमलव २१ प्रतिशतले बढेको छ ।युनिलिभर नेपालको आठ दशमलव २३ प्रतिशतले घटेको छ भने बुद्धभूमि नेपाल, हिमालयन एभरेस्ट इन्स्योरेन्स, समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनीको ४ दशमलव ७ प्रतिशतभन्दा बढीले घटेको छ ।