जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाइँथान पुगेका छन् । १० हजारभन्दा बढी भक्तजन गोसाइँथान पुगेका हुन् ।
जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बाग्लुङ, ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, सिन्धुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन निलाद्री पर्वत पुगेका छन् ।
समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिए ।
गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
बडा दसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०:२६ बजे
काठमाडौँ । हिन्दू नेपालीहरूको महान् पर्व बडा दसैँअन्तर्गत विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दसैँको मुख्य दिन आज मान्…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू] बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा…
प्रहरी महानिरीक्षक कार्कीबाट मौलो तथा निसान पूजा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो…
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गा…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने…