१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २६ बिहीबार
  • Friday, 04 July, 2025
२o७९ श्रावण २६ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको सिँगटी बजारमा पहिरो, ६५ घर जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २६ बिहीबार o९:o९:oo

गएरातिको वर्षासँगै झरेको पहिरोको कारण दोलखाको सिँगटी बजार क्षेत्रका ६५ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ । गएराति बिगु गाउँपालिका– ४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सानु तामाङले जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बजार क्षेत्रका घरमा लेदो माटो छिरेको छ । पहिरोको कारण बजार क्षेत्रको बाटोसमेत अवरुद्ध भएको थियो । सोही ठाउँमा गत २३ गते पनि पहिरो गएको थियो । पहिरोले चारवटा घर क्षतिग्रस्त भएका थिए ।