Skip This
काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २५ बुधबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार १५:४४:oo

गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ४४.२४ प्रतिशत बजेट खर्च गरेको छ। बुधबार महानगरको आव ०७८/७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो।

गत आर्थिक वर्षका लागि महानगरले रु. १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो। जसमा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ रुपैयाँ खर्च भएको छ। बैठकमा महानगरका प्रमुख बालेन्द्र साहले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समयतालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए।

जनप्रतिनिधिले बनाएका नीतिहरू कर्मचारीहरूले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै महानगरका प्रवक्ता नवीन मानन्धरले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालू आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा राखे।

गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्यांकनका लागि समीक्षा बैठक आयोजना गरिएको हो। रासस