मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २६ मंगलबार
  • Tuesday, 12 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार ०७:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाबुरामसँग गठबन्धन गर्न देउवा सकारात्मक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार ०७:४२:००

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । मंगलबार बालुवाटार पुगेका भट्टराईसँग देउवाले चुनावी तालमेलका लागि आफू सकारात्मक रहेको जवाफ दिए ।

प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धनमा तपाईंहरूलाई पनि सहभागी गराएर जानुपर्छ भन्ने मैले पनि सोचिरहेको थिएँ । म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलसँग सल्लाह गरेर खबर गर्छु ।’

छलफलका क्रममा भट्टराईले वर्तमान पाँचदलीय गठबन्धन बनाउन आफ्नो ठूलो भूमिका भएकाले पनि गठबन्धनमा आफ्नो पार्टीको हक लाग्ने दाबी गरेका थिए । ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो हकदाबी लाग्छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईसँगै नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि बालुवाटार गएका थिए । जसपाबाट अलग भएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । उक्त पार्टीमा भट्टराई र यादव दुईजना अध्यक्ष छन् ।

यसअघि प्रधानमन्त्री देउवासँग लोसपाका शीर्ष नेताहरूले गठबन्धनमा सहभागी हुने विषयमा छलफल गरेका थिए । लोसपा नेताहरूलाई पनि देउवाले गठबन्धनका अन्य दलहरूसँग छलफल गरेर खबर गर्ने बताएका थिए । लोसपालाई गठबन्धनमा सहभागी गराउने विषयमा पाँचदलीय कार्यदलको सोमबारको बैठकमा समेत छलफल भएको थियो ।