निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डले भने – अफर आइरहेको छ तर म प्रधानमन्त्रीको रेसमा छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २२:२४:००

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव आइरहे पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । ४ मंसिरको चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको उनको भनाइ थियो ।
जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँ रहेका नेपाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भूमिका भए पुग्छ ।’
उनले यस्तो अफर ०७४ पछि धेरैपटक आएको बताए । `म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आए । ०७४ पछि आयो । मैले प्रधानमन्त्रीको रेसमा छैन भनेँ । अहिले पनि त्यस्तो प्रस्ताव छ । तर, म रेसमा छैन ।’
उनले देशमा सुशासन र विकासको वातावरण बनोस् भन्ने मात्र अहिले आफ्नो चाहना रहेको जिकिर गरे । 
यस्तै, उनले भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तीव्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको बताए । 
‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो,’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’