धादिङका निजामती कार्यालयका कर्मचारी आफ्नो सेवा–सुविधा बढाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । मंगलबार कामकाज ठप्प गरेर उनीहरूले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसमक्ष आफ्ना माग बुझाए ।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित कर्मचारीहरूको तलब वृद्धि विकासमा रोक लगाउने प्रावधान राखिएको भन्दै उनीहरूले उक्त प्रावधान खारेजीको माग गरेका छन् । प्रतिशतका आधारमा तलबभत्ता वृद्धि हुँदा माथिल्लो तहका कर्मचारीको तुलनामा तल्लो तहको कर्मचारीको वृद्धि निकै कम हुने उनीहरूको गुनासो छ ।
मर्यादाक्रमअनुसारको तलब समायोजनको माग राखेर उनीहरूले प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । राजपत्र अनंकित कर्मचारीको मुद्दालाई सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । आन्दोलनको कार्यक्रमअनुसार बिदामा बसेर आन्दोलन गरेका उनीहरूले आफ्ना माग संघीय सरकारसमक्ष पुर्याइदिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग अनुरोध गरेका हुन् ।
आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारीले सेवा नरोक्न निर्देशन दिएका छन् । ‘धेरै टाढाबाट सेवाग्राही सेवा लिन आएका हुन्छन्,’ लम्सालले भने– ‘सेवा प्रभावित हुँदा उनीहरूलाई खान, बस्न, फर्कन समस्या पर्न सक्छ । सरकारी कर्मचारीप्रतिको विश्वास घट्न सक्छ । निम्न आयस्तर भएका सेवाग्राहीलाई मारमा पार्न हुन्न । तपाईंहरूको माग सरकारसमक्ष पुर्याउँछौँ । सेवा प्रभावित नगर्नुस् ।’
सेवा सुविधावृद्धिको माग गर्दै धादिङका कर्मचारी आन्दोलित
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति भूमि व्यवस्था, सहकारी, सं…
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्र…
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा…
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीस…
दसैँमा घर फर्किनेको लर्काे : १० लाखले उपत्यका छाड्ने अनुमान
दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउ…