१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण २३ सोमबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १८:१७:००

कैलालीमा डेढ किलो लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत प्रहरी जवान गणेशप्रसाद जोशीलाई चरेससहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
    
बझाङको दुर्गाथली घर भएका जोशीलाई धनगढी उपमहानगरपालिका–२, ट्राफिक चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट एक किलो पाँच सय ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।