१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २२ आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपूरो अध्ययनका कारण अर्थ मन्त्रालयमा कर्मचारी भागाभाग हुने स्थिति आयो : सांसद ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार १३:o६:oo

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अर्थमन्त्रीमाथिको अपूरो अनुसन्धानका कारण अर्थ मन्त्रालयमा कर्मचारीहरूको ‘भागाभाग’ भएको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जेठ १४ को मध्यरातमा भएका घटनाक्रमका कारण कर्मचारीहरू अर्थ मन्त्रालय जान नचाहेकाे बताए।

‘कुनै वेला अर्थ मन्त्रालय सरकारको सबैभन्दा महत्वपूर्ण पोर्टफोलियो मानिन्थ्यो। त्यहाँ सचिवहरू जानका लागि हानथापजस्तै हुन्थ्यो। तर, आज यो सरकारका कतिपय क्रियाकलापले त्यहाँ काम गरिरहेका सचिवहरू सरुवा माग्ने, अरू कर्मचारीहरू बस्न नमान्ने स्थिति सिर्जना भएको छ,’ ज्ञवालीले भने, ‘यसको स्रोत हो जेठ १४ गते मध्यराति बजेट बनाउने क्रममा करका दरहरू हेरफेर गर्ने क्रममा जे–जस्ता घटनाक्रम भए–त्यसका बाइप्रोडक्टहरू आज देशले भोग्नु परिरहेको छ।’

अर्थमन्त्रीमाथिको अनुसन्धानका क्रममा कल डिटेल हेर्नजस्ता कामहरू हुन नपाएको भन्दै उनले अपूरो अध्ययनका कारण कर्मचारीहरू भागाभाग गर्नुपर्ने अवस्था आएको आरोप लगाए। उनले भने, ‘कल डिटेललगायतका अन्य विषयहरूमा अध्ययन–अनुसन्धानका लागि जे–जति कामहरू गरिनुपर्थ्याे, ती कुनै पनि काम हुन पाएन। अधुरो–अपूरो अध्ययनको आधारमा जे रिपोर्ट आयो, त्यसको परिणाम आज अर्थ मन्त्रालयमा कर्मचारीहरू भागाभाग हुनुपर्ने अवस्था आएको छ।’