मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका नयाँदिल्ली
२o७९ श्रावण २१ शनिबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता निधि भारतीय नेताहरूसँग भेटघाटमा व्यस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार २o:२४:oo

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको छ। मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका विषयमा कुराकानी भएको थियो। 

१६ वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई  नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी  भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताए। 

यसैबीच, नेता निधि र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच भेटघाट भएको छ। मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राममन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो। यसैगरी, दुई देशको धर्म, संस्कृति, राजनीति, आर्थिक विकास तथा आपसी सम्बन्धबारे छलफल भएको थियो।