१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २१ शनिबार १९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम : एक वर्षमा २३५ बलात्कारका मुद्दा दर्ता

Read Time : < 1 मिनेट
२०७९ श्रावण २१ शनिबार १९:०४:००

सुदूरपश्चिममा पछिल्लो एक वर्षमा दुई सय ३५ वटा बलात्कारका घटना प्रहरीकहाँ दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार ती घटनामा ३७ जना अभियुक्त फरार छन्।

जबर्जस्ती करणीका घटनामा पीडितमध्ये १८ वर्षमुनिकाको संख्या ९९ रहेको छ। त्यस्तै, ६० वर्षमाथिका तीनजना, ४० देखि ६० वर्षसम्मका आठजना र १८ देखि ४० वर्ष उमेर समूहका एक सय २५ महिला ती घटनाबाट पीडित बनेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो। प्रहरीका अनुसार बलात्कारसम्बन्धी अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

गाउँले, नातेदार तथा पीडित र अभियुक्तबीच पूर्वचिनजानको सम्बन्ध रहने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले बताए। नजिकका नातेदारबाट समेत बलात्कार भएका घटनाहरू प्रहरीकहाँ पुगेका उनले बताए। कतिपय घटनामा भने सहमतिमै भएको सम्बन्ध आफन्तले देखेपछि बलात्कारको रूपमा परिणत गर्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ।

‘प्रेममा धोका पाएपछि, सहमतिमै सम्बन्ध भए पनि आफन्तले देखेको अवस्थामा र आफू समस्यामा परेपछि जोगिनलाई बलात्कारको मुद्दा चलाउने प्रवृत्ति अहिले बढी देखिन्छ,’ प्रहरी नायब उपरीक्षक चौधरीले भने, ‘कतिपय घटनामा रिसइबी साँध्नका लागि पनि मुद्दा दर्ता गरिएको देखिएको छ।’

अहिले आउने अधिकांश घटनाहरू सहमतिमै सम्बन्ध भए पनि पछि विभिन्न कारणले मुद्दा दर्ता हुने गरेको उनले बताए। कानुनले १८ वर्षमुनिका बालिकासँगको शारीरिक सम्बन्धलाई बलात्कार मानेको छ। चौधरीले बलात्कारसम्बन्धी मुद्दा जघन्य अपराध भएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान गर्ने गरेको बताए। विगत तीन वर्षदेखिको तथ्यांक हेर्दा बलात्कार र बलात्कारको प्रयाससम्बन्धी मुद्दा बढेका छन्।