Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ११:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

०७४ मा वामगठबन्धनमा यसरी भएको थियो सिट बाँडफाँड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ११:३८:००

०७४ को निर्वाचनमा एमाले र माओवादीले मूलतः स्थानीय तह निर्वाचन परिणामलाई पहिलो आधार र त्यसपछि ०७० को संविधानसभा निर्वाचनको परिणामलाई दोस्रो आधार मानेर संघ र प्रदेश निर्वाचन क्षेत्रको सिट बाँडफाँड गरेका थिए । वामगठबन्धनका लागि गठित कार्यदलले ६०/४० को अनुपातमा सिट बाँडफाँड गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।

अन्तिम सिट बाँडफाँड भने दुवै पार्टीका शीर्ष नेताले पहिलो र दोस्रो चरणको निर्वाचनअघि दुई चरणमा टुंगो लगाएका थिए । जसअनुसार एक सय ६५ संघीय निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ५८ सिटमा उम्मेदवार उठाएका थिए । 

भागबन्डामा पाएको सिटमा एमालेले ९२ सिटमा उम्मेदवारी दिएको थियो भने हृदयेश त्रिपाठीको समूहबाट सूर्य चिह्न लिएर पाँचजना उम्मेदवार उठेका थिए । निर्वाचन परिणामअनुसार एमालेले ८० र माओवादी केन्द्रले ३६ निर्वाचन क्षेत्रमा जित हासिल गरे । 

समानुपातिकतर्फ ४१ सिटसहित एमालेले एक सय २१ र माओवादी केन्द्रले १७ सहित ५३ सिट जितेका थिए । यसरी एमाले र माओवादी केन्द्रको वामगठबन्धनले दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकसहित एक सय ७४ सिट जितेका थिए ।

त्यस्तै, प्रदेशका तीन सय ३० सिटमध्ये एमाले र माओवादीले ६०/४० कै अनुपातमा भागबन्डा गरेका थिए । जसअनुसार एमालेले एक सय ९८ र माओवादी केन्द्रले एक सय ३२ सिट बाँडेर सिट भागबन्डा गरेका थिए । त्यसमा एमालेले एक सय ६८ र माओवादी केन्द्रले ७३ सिट जितेका थिए ।