वैद्य - बास्तोला पार्टी एकिकरण : १२ सदस्यीय एकता संयोजन समिति गठन

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी(माओवादी) र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा(बहुमत) पार्टीबिच एकताको लागि संयोजन समिति गठन भएको छ । संयोजन समितिमा १२ जना सदस्य छन् ।

जसमा नेकपा क्रान्तिकारी(माओवादी) का तर्फबाट मोहन वैद्य,सिपी गजुरे, हरिभक्त कँडेल, परि थापा, इन्द्र सिग्देल र रामसिंह श्रीस रहेका छन् भने  नेकपा (बहुमत)बाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी रहेका छन् । 
 

सुझावित समाचार