मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण २० शुक्रबार o८:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अहिलेको गठबन्धन  धेरै समय टिक्न  हुन्न : नेम्वाड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार o८:o४:oo

एमाले उपाध्यक्ष सुवास नेम्वाङले अहिलेको गठबन्धन धेरै समय रहिरहन नहुने बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको मिति घोषणासँगै सरकार कामचलाउमा परिणत भएको बताउँदै पाँचदलीय गठबन्धन दूषित भएको उनले आरोप लगाए ।

सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने उनले बताए । निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताउँदै उनले सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । 

अहिलेको गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत भएकाले गठबन्धन भए पनि संसदीय मूल्य र मान्यतामा आधारित रहेर हुनुपर्ने उनले तर्क गरे । ‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, यो निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउन अप्ठ्यारो छ,’ उनले भने  । अहिलेको गठबन्धन संसदीय मूल्य र मान्यता रहेर नबनेको उनले आरोप लगाए ।