संघ र प्रदेशको चुनाव मंसिर ४ मा एकै चरणमा गर्ने सरकारको घाेषणा

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हो।

सुझावित समाचार