१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीको कहर : धानखेत बन्यो बगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o९:oo

एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका– ८ का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् ।  अत्यधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरूमा पानीको बहाव बढेर ढुंगा, काठका ठूलाठूला मुडा बगाएर ल्याएपछि सयौँ रोपनी धानबाली नष्ट गरेको हो ।

बाढीले धान खेतसँगै बाटाघाटा र  पुलपुलेसामा क्षति गरेको खत्याड गाउँपालिका– ८ रिगागाउँका अभिचन्द्र सञ्जेलले बताए ।  पानीघट्ट, काठेपुल, सडक, गोरेटो बाटोलगायतका संरचनामा पूर्ण क्षति गरेको उनको भनाइ छ । 

‘जेठमा रोपिएका धान करिब फुल्ने तयारीमा थियो, बाढीले सबै खाइदियो । अब के गरी जहानबच्चा पाल्ने ?’ किसान ललित सञ्जेलले दुःखेसो पोखे ।  अर्का रत्नचन्द्र सञ्जेलको पीडा पनि उस्तै छ ।  भन्छन्, ‘आफ्नो वर्षभरिलाई पुग्ने गरी रोपिएको धान बाली सबै बाढीले बगायो ।  अब वर्षभरि के खाने ?’ 

बाढीले खत्याड गाउँपालिकाका  रिगागाउँ, आम, ठामलेक, लुई, कर्खा, जामिर, रिखिया, रास्कुटीबाडा, गम्था, पैखु, माझचौर, केरै, चिमाडुङ्ग्री, श्रीकोट, सेरीलगायत गाउँ बस्तीका धानबाली र अन्य भौतिक संरचनामा क्षति पुगेको छ। 


 

ad
ad