१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोसीपीडितलाई राहतको व्यवस्थापनमा जुटेका छौँ : मन्त्री कार्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३७:oo

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सप्तकोसीपीडितलाई राहतको व्यवस्थापनमा जुटेको बताएका छन् । बुधबार सप्तकोसीको बाँध फुटेर गाउँ पसेपछि अनुगमनमा पुगेका मन्त्री कार्कीले नयाँ पत्रिकासँग कुराकानी गर्दै तत्कालका लागि राहतको व्यवस्थापनमा जुटेको बताएका हुन् ।

उनले भनेका छन्, ‘म जहाँबाट बाँध फुटेको थियो । त्यहाँ पुगेर भागलपुरतिर जाँदै छु । प्रदेश १ सरकारले तत्काल गर्ने भनेको मानिसहरूको ज्यान बचाउने हो । बढी जोखिममा रहेका बस्तीहरूलाई स्थानीय सरकार, प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको संयक्त प्रयासमा सुरक्षित स्थानमा सार्छौँ । राहतको व्यवस्थापन गर्छौँ । पानी कम भएपछि पुनः बाँध पुनर्निर्माणमा जोड दिन्छौँ ।’

मन्त्री कार्कीले बर्सेनि कोसीको समस्या आउनुमा पानीको बहावमा भर पर्ने बताए । उनले भने, ‘कोसीको समस्या बहावको भर पर्छ । कहिले कोसी कताबाट बग्छ भन्ने कुनै पनि टुंगो हुँदैन ।’ उनले एक महिनाअघि आफू अहिले बाँध फुटेको स्थानमा आएको बताउँदै भने, ‘फुट्ने सम्भावित ठाउँमा हामी बाँध पनि बाध्न थालेका थियौँ । जुन ठाउँमा बाँध बाधेको थियाैँ त्यही ठाउँमा फुट्यो ।’ उनले बाँध फुटेर भंगालो गाउँ पसेपछि समस्या आएको बताए । उनले भने, ‘जहाँबाट कोसी गाउँ पस्यो त्यो डाउन (गहिरो) छ । पूर्व सुनसरीतिर उच्च भएर पश्चिम उदयपुरतर्फ पानीको बहाव बढ्दै आइरहेको छ । पहिला पनि कोसी नै हिँडेको बाटो हो ।’

मन्त्री कार्कीले सप्तकोसी ब्यारेजको कारण कटान र डुबान भएको भन्न नमिल्ने बताए । उनले भने, ‘पानीको बहावको तेज हेर्दा ब्यारेज होइन, पानी थुनिएर आएको छैन । यसको सम्बन्ध सप्तकोसी ब्यारेजसँग जोडिएको छैन ।’ 

अनुगमनमा प्रदेश– १ का सहरी विकास तथा पूर्वाधारमन्त्री हिमाल कार्की पनि सँगै पुगेका थिए । यता बेलका नगरपालिकाका प्रमुख अशोक कार्की र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले ब्यारेजको ढोका खुला गरे क्षति कम हुने बताउँदै आएका छन् । कटान र डुबान हुनुमा मुख्य कारण सप्तकोसी ब्यारेज गरेको नेकपा माओवादी केन्द्र बेलका नगरपालिकाका नेता रमन भट्टराईको भनाइ छ ।  
 

ad
ad