मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १६ सोमबार १०:१२:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

बाह्रखरी कथालेखनमा  कथा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १६ सोमबार १०:१२:००

बाह्रखरी मिडिया प्रालिअन्तर्गतको बाह्रखरी बुक्सले चौथो डिसहोम बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान गरेको छ । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकले भाग लिन पाउनेछन् । नेपाली आख्यान साहित्यमा अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभालाई प्रोत्सानका लागि प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा सहभागी कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । निर्णायक समूहले ‘उत्कृष्ट कथा ०७९’ पुस्तकका लागि २५ वटा छान्ने र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथा घोषणा हुने आयोजकको भनाइ छ।

साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक रहनेछन् ।