१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
२०७९ श्रावण १४ शनिबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा मलको अभाव, दोब्बर मूल्यमा गुणस्तरहीन मल खरिद गर्नुपर्ने बाध्यतामा किसान 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १४ शनिबार १८:२९:००

धानखेती गरेका लमजुङका किसानलाई युरिया मल अभाव भएको छ । मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता  छ ।

किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको बेँसीसहर नगरपालिका–११ का किसान विष्णु पाण्डेले पाँच रोपनी  जग्गामा  बर्खे धान रोपेका छन् । मल अभावका कारण धान गोड्न नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै धान गोड्न नपाउँदा दुःख गरी लगाएको धान उत्पादन घट्ने भएकाले आफूलगायत किसानहरू चिन्तित बनेको उनले बताए । 

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा बर्खे धान गोड्न किसानलाई समस्या भएको छ ।