१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Friday, 04 July, 2025
सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै समिति सभापति लक्ष्मणलाल कर्ण । तस्बिर : सभामुखकाे सचिवालय
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १३ शुक्रबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय छानबिन विशेष समितिले बुझायो प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १५:२३:oo

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरहरू हेरफेर गराएको भन्ने आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएको छ । 

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति संयोजकका हैसियतमा केहीबेरअघि सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । सभामुखको सचिवालयले सूचना जारी गरी प्रतिवेदन प्राप्त भएको जनाएको छ । 

‘मिति २०७९ जेठ १५ गते माननीय अर्थमन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष ०७९/८० को आर्थिक विधेयक, ०७९ मा करका दरहरू हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारमाध्यमहरूमा आएको र सो विषयलाई लिएर सांसदहरूबाट समेत सदनमा कुरा उठाइएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिका तर्फबाट माननीय सभापति लक्ष्मणलाल कर्णले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासमक्ष समितिले तयार गरेको प्रतिवेदन पेस गर्नुभएको छ,’ सचिवालयले भनेको छ । 

सो प्रतिवेदन आजै प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गर्ने तयारी छ ।