१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार २१:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारत पहिलो खेलमै पराजित, दोस्रोमा पनि नेपालको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार २१:५२:००

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पनि सानदार जित हासिल गरेको छ । तर, आयोजक भारत भने यसपटक पहिलो खेलमै पराजित हुन पुगेको छ । 
आफ्नै घरेलु मैदान भुवनेश्वरस्थित कालिंगा रंगशालामा आज भएको पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भयो । बंगलादेशले दुई गोल गर्दा भारतले एक गोल मात्र फर्काउन सक्यो । खेलमा बंगलादेशले नै अग्रता लिएको थियो । मोहम्मद नोभाले गोल गर्दै बंगलादेशलाई १–० ले अगाडि बढाए । तर, त्यो अग्रता लामो समय टिकेन । गुर्किरत सिंहले ३६औँ मिनेटमा भारतका लागि बराबरी गोल गरे । 
४५औँ मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । कुनै कमजोरी नगरी नोभाले आफ्नो तथा टिमको दोस्रो गोल गरे । यही गोल निर्णायक बनेपछि भारत प्रतियोगिताको पहिलो खेलमै पराजित हुन बाध्य भयो । 
यता, नेपालले आज भएको दोस्रो खेलमा श्रीलंकालाई ३–० ले सहजै पराजित गर्यो । नेपालका लागि कप्तान आशिष घलान, क्रितिसरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । सबै गोल दोस्रो हाफमा भएका थिए । जितपछि नेपालको ६ अंक भएको छ ।