१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:४८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

श्रीलंकाविरुद्ध नेपालले हान्यो दोस्रो गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार २०:४८:००

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता दोब्बर बनाएको छ । दोस्रो हाफको खेल चलिरहँदा नेपालले दोस्रो गोल गरेको हो । 
नेपालका लागि क्रितिसरत्न छुन्जुले डिबक्सभन्दा बाहिरबाट गरेको कडा प्रहारले जाली चुमेपछि नेपालले अग्रता दोब्बर पार्यो । 
त्यसअघि कप्तान आशिष घलानले ५८औँ मिनेटमा रिबाउन्डमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । 
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफमा कुनै गोल भएको थिएन ।