मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १५ बिहीबार
  • Thursday, 01 December, 2022
गणेश लम्साल विराटनगर
२०७९ श्रावण ११ बुधबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलोले बगाएर पाँच वर्षीय बालकको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण ११ बुधबार १४:१०:००

कुलोले बगाएर मोरङमा एकजना बालकको मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका– ४ का हरि खड्काको पाँच वर्षीय छोरा प्रदीप खड्काको बुधबार बिहान कुलोले बगाएर  मृत्यु भएको हो  ।  

बालकलाई घरछेउमा रहेको कुलोले बगाएर लैजाँदै गरेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेर उपचारका लागि बेदान्त अस्पताल इटहरी पठाएका थिए । बालकको उपचारको क्रममा बुधबार नै मृत्यु भएको  इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।