मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Friday, 14 August, 2026
२o७९ श्रावण ८ आइतबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योग वाणिज्य संघ सिराहामा साहको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १२:o१:oo

उद्योग वाणिज्य संघ सिराहाको अध्यक्षमा अमरनाथ साह विजयी भएका छन्। सम्पन्न निर्वाचनको परिणामअनुसार अमरनाथ साह नेतृत्वको प्यानल विजयी भएको हो।

अध्यक्षमा निर्वाचित साहले पाँच सय ४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी महेन्द्रप्रसाद यादवले चार सय ८८ मत प्राप्त गरेका छन्। साहकै प्यानलबाट प्रथम उपाध्यक्षमा प्रकाशकुमार जैन पाँच सय ५०, द्वितीय उपाध्यक्षमा मो. शेख इमरान पाँच सय ३६, महासचिवमा सत्यनारायण महतो पाँच सय ४५, सचिवमा श्रवणकुमार साह पाँच सय ७९ र कोषाध्यक्षमा मिथिलेशकुमार यादव पाँच सय ६६ मत प्राप्त गरी निर्वाचित भएका छन्।

सदस्यहरूमा सबैभन्दा बढी मत पाँच सय ७२ सोनुकुमार महराले ल्याए। यसैगरी, नीराजनकुमार यादव पाँच सय ६६, सलिताकुमारी यादव पाँच सय ६६, विजयकुमार साह पाँच सय ६६, राजेशकुमार महासेठ पाँच सय ६४, शीतलप्रसाद यादव पाँच सय ६३, राकेशकुमार यादव पाँच सय ६३, गंगाराम यादव पाँच सय ५७ र हरेराम कामती चार सय ५४ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता वीरेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

उद्योग वाणिज्य संघ सिराहामा सिराहा नगरपालिका, औरही गाउँपालिका, अर्नामा गाउँपालिका, विष्णुपुर गाउँपालिका र कल्याणपुर नगरपालिकाका गरी एक हजार दुई सय ९८ व्यवसायी सदस्य रहेका छन्। पदाधिकारीसहित १५ सदस्य चयन गर्न गत शुक्रबार सम्पन्न मतदानमा एक हजार एक सय ७१ जनाले मतदान गरेका थिए।