Skip This
बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैँले दिए गिरफ्तारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ श्रावण १ आइतबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैँले दिए गिरफ्तारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १३:२३:oo

एक मजदुर महिलामाथि बलात्कारको आरोप लागेका पुरचौडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगी आफैँ जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित भएका छन्।

गत असार २९ गते उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर भएकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले खोजी गर्दै आएका उनले आइतबार जिल्ला प्रहरी कार्यालय पुगेर गिरफ्तारी दिएका हुन्।

नेगी स्वयं प्रहरी कार्यालय पुगेपछि उनीविरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। उक्त घटनापछि उनले क्याम्पस प्रमुखको पदबाट राजीनामा दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पुगेका नेगीले एक विज्ञप्ति जारी गर्दै ‘अनुसन्धानका प्रक्रियामा सघाउन आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आएको’ बताएका छन्। उनले आफ्नो चरित्रहत्या गर्न सुनियोजित रूपमा महिलालाई प्रयोग गरिएको आरोप लगाउँदै सत्यतथ्य छानबिनको माग गरेका छन्।