Skip This
ad
आजदेखि काठमाडौंमा छुट्याएको फोहोर मात्र संकलन, वर्गीकरण नगर्नेलाई पाँच सयसम्म जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आजदेखि काठमाडौंमा छुट्याएको फोहोर मात्र संकलन, वर्गीकरण नगर्नेलाई पाँच सयसम्म जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५१:oo

काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि कुहिने र नकुहिने छुट्याएको फोहोर मात्र संकलन गर्न थालेको छ। यसका लागि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारीसाधनमा मात्र फोहोर दिन महानगरले नगरवासीलाई अनुरोध गर्दै आएको थियो।

केहीबेरको सहजताका लागि फोहोरलाई मिसाएर रोग ननिम्त्याउन र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आग्रह गरेका छन्। ‘यो गाह्रो कुरा पनि होइन। यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ। फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त कामजस्तो अनुभूति गराइरहेको छ। वास्तवमा एकछिनको सजिलोका लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ,’ उनी भन्छन्।

कुहिने र नकुहिने फोहोर वर्गीकरण नगर्नेलाई एकपटकमा पाँच सय रुपैयाँसम्म जरिवाना हुने महानगरले जनाएको छ। कोठा भाडामा बस्नेहरूका लागि बेग्लाबेग्लै फोहोर संकलन गर्न समस्या हुने भए पनि महानगरले छिट्टै सहजताका लागि प्रयास गर्ने मेयर साहले आश्वासन दिएका छन्। ‘एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरूलाई बेग्लाबेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ। तर, तत्कालका लागि तपाईंहरूको जस्तै महानगरको पनि सीमितता छन्,’ उनले भने, ‘अहिले जे–जति स्रोत र साधनहरू छन् ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ।’ 

महानगरले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर दुईवटा रुट बनाएको छ। पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर तथा मंगलबार नकुहिने फोहोर उठाउने महानगरले जनाएको छ। दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोेहोर तथा शुक्रबार नकुहिने फोहोर उठाइनेछ। यसरी हप्ताको चार दिन कुहिने फोहोर र दुई दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको छ।

ad
ad