१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा लागेको मेला । फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ६ आइतबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:o५:oo

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदै छ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका– ६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गर्छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।

मातातीर्थ कुण्डपरिसरमा मंगलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तानहरूले भजनकीर्तन गरेर रातभर जागा रहेर आमाको स्मरण गरेका छन्।  

ad
ad