Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमााडाैं
२०७९ असार ३० बिहीबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजनीतिक दलका नाराहरू नै वैज्ञानिक छैनन् : नेता भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमााडाैं
२०७९ असार ३० बिहीबार १६:३४:००

नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरूमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै नेता भुसालले यस्तो बताएका हुन् । 

नेता भुसालले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरू सुध्रिनुको विकल्प नरहेको उल्लेख गरे । उनले नेपाली कांग्रेसले वि.सं. २०१२ सालतिरको बिपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सीमित रहेको बताए । कुनै पनि दलले नारा ल्याए पनि योजना पुष्टि गर्न नसकेको उनको भनाइ थियो । उनले नेपालमा कुनै पनि पार्टीले बनाएका नाराहरू वैज्ञानिक नरहेको दाबीसमेत गरे । 

‘कांग्रेसमा २०१२ सालतिर प्रजातान्त्रिक वैज्ञानिक समाजवाद भन्नुभयो, अब अहिले त्यो कसरी हुन्छ भन्ने कुरा कुनै कांग्रेसीले भन्दैनन् । हामी एमालेवालाहरूले समृद्ध नेपाल, सुखी नेपाली भनेका छौँ । त्यो कसरी आउँछ भन्ने कुरा कहिल्यै भन्दैनौँ । प्रचण्ड कमरेडले अस्ति दस्ताबेजमा २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद । नेपालको यस्तै केही भन्नुभयो । त्यो कसरी आउँछ उहाँले भन्नुहुन्न । एकीकृत समाजवादी छ, यात्रा समृद्धिको लक्ष्य समाजवादको, कसरी आउँछ ? परीक्षण गर्न सक्ने गरेर भन्देऊ न । यी पार्टीले बनाएका कुरा नै वैज्ञानिक छैनन् । अनि मुलुक कता जान्छ ?’ भुसालले भने । 

नेता भुसालले पुँजीपती वर्गसँगको साँठगाँठमा नै नेतृत्व वर्ग रहेसम्म देशमा वैज्ञानिक समाजको परिक्ल्पना हुन नसक्ने बताए ।