मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Tuesday, 11 February, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २९ बुधबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार १९:o२:oo

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.५२ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२५ कम्पनीको  ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ। 

मंगलबारको तुलनामा बुधबार कारोबार रकम बढेको छ। मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो। बुधबार नेप्सेका १३ वटै उपसमूहहरूको सूचकमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ।