नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.५२ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२५ कम्पनीको  ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ। 

मंगलबारको तुलनामा बुधबार कारोबार रकम बढेको छ। मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो। बुधबार नेप्सेका १३ वटै उपसमूहहरूको सूचकमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ। 

सुझावित समाचार