१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको पूर्वाधार निर्माणमा सघाउन भारतलाई आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:१४:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आर्थिक तथा व्यापारिक पूर्वाधार निर्माणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आग्रह गरेका छन् । भारतीय राजदूत श्रीवास्तवसँग सोमबार भएको भेटमा मन्त्री बडूले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री बडूले दोधारा—चाँदनीमा एकीकृत जाँचचौकी निर्माण, भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदीमाथि भारतले मोटरेबल पुल निर्माण प्रक्रिया तथा पेट्रोलियम पाइपलाइन विस्तार आयोजनामा सघाउन राजदूतमार्फत भारतलाई आग्रह गरे । उनले पश्चिम सेती जलविद्युत् आयोजनाको आवश्यक प्रक्रिया सुरु गर्न आग्रह पनि गरे । त्यस्तै, दार्चुलाको दुम्लिङलगायतका स्थानमा नेपाल सरकारको बजेटमा निर्माण हुने झोलुंगे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि पत्राचार भएकाले यो प्रक्रियामा पनि राजदूतले आवश्यक समन्वय र सहजीकरण गर्ने अपेक्षा गरेको बताए ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । मन्त्री बडूले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरे । पारवहन तथा व्यापारका क्षेत्रमा पनि भारत नेपालको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै  नेपालमा भारतीय लगानी विस्तारमा राजदूतले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताए । त्यसैगरी, उनले पेट्रोलियम तथा एलपिजी ग्यासको पाइपलाइन विस्तार, खाद्य परीक्षण प्रयोगशाला निर्माण, पश्चिम सेती जलविद्युत् आयोजनालगायत आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राखे । 

ad
ad