१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
रासस भक्तपुर
२o८१ जेठ ३ बिहीबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

Read Time : < 1 मिनेट
रासस, भक्तपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:३८:oo

भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ।

अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहीबारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिइन्।

उनले भनिन्, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ।’ आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन्।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिँदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताइन्।