प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद् खुलाउन तयार भएको छ। प्रधानमन्त्री र सभामुखको लगातारको संवाद र पहलपछि कांग्रेस संसद् खुलाउन तयार भएको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणको छानबिनका लागि समिति बनाउने आश्वासन दिएपछि कांग्रेस गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने र संसद् खुलाउन तयार भएको हो।
उनले भने, ‘प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउँछु, रविलाई बोल्न दिनुस् भन्नुभयो। समिति बन्ने भएपछि हामी बोल्न दिन्छौँ। अब सुरुमा कांग्रेस बोल्ने, त्यसपछि रवि बोल्ने, त्यसपछि अरू कार्यसूचीमा अघि बढ्ने समझदारी भएको छ।’
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ।