१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 31 October, 2024
फाइल तस्बिर
समाचार डिजिटल संस्करण

ओलीलाई देउवाको जवाफ– आफैँ निर्णय गरेर कांग्रेसलाई आरोप लगाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:११:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी इस्टेटको विषयमा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीको आरोपको खण्डन गर्दै देउवाले भने, ‘अदालतले उहाँलाई भनेको छ, उहाँ कांग्रेसको पालामा भएको भन्नुहुन्छ।’

बुधबार पार्टी संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला पूर्वाग्रही भएको दाबी गर्दै गिरीबन्धु टी इस्टेटको जग्गामा कांग्रेसले अनियमितता गरेको आरोप लगाएका थिए।

ओलीले आफैँ निर्णय गरेर कांग्रेसलाई आरोप लगाएको प्रतिक्रिया दिँदै देउवाले कांग्रेसको पालामा कहिले र कसले अनियमितता गर्‍याे भन्ने खुलाउन चेतावनी दिए।

उनले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कसको पालामा कहिले भयो भनिदिए भैगो नि त। यस्तो कुरा उहाँ (ओली)जस्तो नेताले भन्न सुहाउँदैन।’