एकीकृत समाजवादीले समग्र सहकारीको समस्या समाधानका लागि छानबिन समिति गठन हुनुपर्ने माग गरेकाे छ।
ललितपुरको बालकुमारीमा दुई दिनसम्म चलेकाे आठौँ केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारीमा देखिएकाे समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाहीकाे माग गरे।
उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरी ठूलो धनराशि दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध घटना सार्वजनिक भइरहेका छन्। यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ।’