राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो।
बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेका सूचनामा उल्लेख छ।