मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २७ सोमबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २७ सोमबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक : विदेश विभाग प्रमुख लिउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १३:४३:oo

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक भएको बताएका छन्। सोमबार वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन परियोजनाको उद्घाटन गर्दै उनले राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको उल्लेख गरे।

उनले नेपाली बालबालिकालाई भ्रमणका लागि चीन जान पनि आग्रह गर्दै नेपाली बालबालिकालाई चीनमा स्वागत गर्न पाए आफू झनै खुसी हुने बताए। उनले नेपाल र चिनियाँ बालबालिकाबीच भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ। बालबालिका पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुन सक्छन्, अनि मात्र राम्रो पढ्न सक्छन्। राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्न सक्छन्। चीन र नेपालबीचको युगौँदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ,’ उनले भने।

प्रमुख लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।