१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार २५ शनिबार १५:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचनमा आफ्नै बलले होमिएका हौँ, गठबन्धन माध्यम मात्र : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
२०७९ असार २५ शनिबार १५:१३:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्मै पाँचदलीय गठबन्धन रहने बताएका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच दलीय गठबन्धन आवश्यक रहेको  बताउँदै  आगामी निर्वाचनमा पनि गठबन्धन रहने बताएका हुन्।

यद्यपि, स्थानीय निर्वाचनमा गठबन्धन माध्यम मात्र भएको र पार्टी आफ्नै बलले होमिएको उनको दाबी छ। ‘हामी स्थानीय निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो,’ अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले निर्वाचनमा आफूहरूमाथि षड्यन्त्र गरिएको आरोप समेत लगाए। उलने भने, ‘निर्वाचनको सुरुदेखि नै हामीमाथि षड्यन्त्र भयो। मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको देखियो।’

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको बताउँदै उनले स्थानीय तह निर्वाचनमा  समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे।