१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Friday, 04 July, 2025
गगन अयडी बाजुरा
२o७९ असार २४ शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगा नगरपालिकाको मतगणना सुरु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार १३:o२:oo

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । ११ बजेबाट मतगणनाको कार्य सुरु गरिने सर्वदलीय निर्णय भए पनि विविध समस्याका कारण ढिलाइ भएको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मणबहादुर कडायतले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १ र १० बाट मतगणनाको कार्य सुरु गरेको उनले बताए । भानोदय नमुना माध्यमिक विद्यालयमा मतगणनाको कार्य सुरु भएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बुढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये नाै हजार एक सय २८ अर्थात् ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।