मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २४ शुक्रबार १०:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

Read Time : < 1 मिनेट
२०७९ असार २४ शुक्रबार १०:१६:००

बागमती प्रदेश सभाको दशौँ अधिवेशन बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ । 

उक्त दिन बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ । बागमती प्रदेश सभाको बैठक यसअघि असार १६ गते बसेको थियो ।

उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।