१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कसैलाई दोषी करार गरेर बदला लिनुछैन : सांसद अधिकारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४७:oo

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूहरूले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद अधिकारीले पूर्वअर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानुनहरूको पालना नगर्नु अक्षम्य रहेको बताए । उनले कानुन र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताए । 

सांसद अधिकारीले आफूहरूलाई कसैलाई दोषी करार गरेर बदला लिनुनपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने बताए । ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं,’ उनले भने, ‘सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुपर्यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनुछैन ।’ 

बुधबार बसेको प्रतिनिधिसभा बैठकले पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो । 

 

ad
ad