१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२६:oo

बिहीबार सेयर बजार मापक नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट आएको छ। बुधबार १३.३३ अंकले बढेको नेप्से बिहीबार १६.६० अंकले घटेर दुई हजार २७.३२ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.४२, फ्लोट इन्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले घटेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयर एक अर्ब ८० करोड ६२ लाख चार हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आज १५७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २९ कम्पनीको मात्र मूल्य बढेको छ।

आज म्युचुअल फन्डबाहेक नेप्सेका अन्य सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड ०.०९ अंकले बढ्दा जीवन बिमा सर्वाधिक ११५.१७ अंकले घटेको छ। त्यस्तै, विकास बैंक उपसमूह ४६.२१, उत्पादन उपसमूह ४३.२०, लघुवित्त ३७.३६ तथा निर्जीवन बिमा ३३.६७ अंकले घटेको छ।

आज आरबिबी म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो नेपालको ३.२४ तथा सिटिजन्स म्युचुअल फन्ड २ काे मूल्य ३.०३ प्रतिशतले बढेको छ। यता समिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.२० प्रतिशतले घटेको छ।

ad
ad